सङ्गीत। चर्चित मोडल विकास लामिछाने र उषा उप्रेती अभिनित ‘बैश’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भ्यालेन्टाइन डेमा सार्वजनिक गरिएको रोमान्टिक शैलीको सार्वजनिक गीतमा विकास र उषा बीचको प्रेम देख्न सकिन्छ। यसमा प्रकाश सिङ्गको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिङ्गकोरहेको छ।
भिडियोलाइ विक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर, सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्










