फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थाको कारण रोकिएको फिल्म ‘२ं नम्बरी’ चैतको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ । कोरोना भाइरसको कारण पहिलोपटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । यद्दपी फिल्म अब सुरुबाटै छायांकनमा जाने भएको छ । केही दिनअघि निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीले पोखरा वरपर लोकेसन पनि हेरेर फर्कि सकेका छन् ।
छायांकन गर्ने लोकेसन तय भएसँगै फिल्मकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन् । फिल्ममा उगेनसँगै दयाहाङ राई , वर्षा राउतको अभिनय रहनेछ । फिल्मको केहि प्रतिशत अभिनय गरेका अर्का अभिनेता पल शाह नाबालिग करनीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्या कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुबाटै हुनेछ । फिल्मको लागि नयाँ अभिनेता चयन गरिएको निर्माता किरण नेपालीले बताए ।
‘हामीले छायांकन सुरु गर्ने समयमा एक अभिनेता उपस्थित नहुने भएकाले उहाँको स्थानमा अर्का अभिनेतालाई लिएर छायांकन थाल्दै छौँ’ किरणले भने । उनले फिल्ममा भित्रिएको नयाँ सदस्यको नाम खुलाउन नाचाहेता पनि ती अभिनेता सौगात मल्ल रहेको चर्चा फिल्मनगरीमा छ । फिल्मका निर्देशक दीपेन्द्र लामाले सौगातसँग कुराकानी गरेर फिल्ममा मौखिक रुपमा अनुबधित गरिसकेका छन् । यद्दपी कागजी सम्झौता नभएकोले निर्माण टीमले सौगात भित्रिएको बताउन चाहेको छैन ।










