आउँदो वर्ष ‘पठान’ (भिडियो)

फिल्म । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौ वा स्टारलाई एकसाथ ल्याउँदको फाईदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम , सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याउदैछन् । उनले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने रिलिजको तयारीमा रहेको ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका छ । दर्शक माँझ पनि यसको क्रेज बढ्दो छ ।

यसैलाई मध्यनजर गर्दै बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने भएको छ । टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाउने छन् । निर्माण कम्पनिले भिडियो मार्फत फिल्मको रिलिज डेट घोषणा गरेको हो । फिल्मको सार्वजनिक झल्कमा जोन र दीपिका देखिएता पनि पठान अर्थात शाहरुखको गेटअप रिभिल गरिएको छैन ।

फिल्ममा सलमान खान पनि देखिने छन् । उनि फिल्ममा टाइगर अर्थात अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसि छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्