विदेश । अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा सञ्चालन गर्ने योजना रहेको ती मिसनको पहिलो नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनको नाम ‘भेरिटास’ दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।
पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्