फिल्म । दक्षिण भारतीय फिल्म‘अर्जुन रेड्डी’को नेपाली रीमेकको लागि अडिशन लिईएको छ । अडिशनमा सयौंको संख्यामा सहभागीहरु आएको निर्माण पक्षले जनाएको छ । काठमाण्डौमा भएको अडिशनबाट प्रमूख कलाकारहरु छनौट गरी वर्कशपमा जाने तयारी रहेको निर्देशक बिशाल सापकोटाले बताए । सम्भवत नेपाली फिल्मको ईतिहासमा पहिलो पटक अफिसियल्ली राईट्स लिएर रिमेक फिल्म बनाउन लागिएको हो ।
यो फिल्मलाई युवा फिल्म्सले निर्माण गर्दैछ । यो फिल्मले ओरिजिनल र हिन्दी रिमेक दुवैमा सफलता पाएको थियो । साउथ इण्डियनमा विजय देवरकोण्डा र हिन्दी भाषामा शाहिद कपूरले शिर्ष भूमिका निर्वाह गरेका थिए । फिल्मले विजय र शाहिदको करियरलाई माथि उठाउन मदत गरेको थियो ।
कमेन्ट गर्नुहोस्








