यशको बर्थडेमा टिजर (भिडियो)

0 Shares

फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरुले सार्वजनिक टिजर मन पराएका छन् ।

फिल्मका हिरो यशको जन्मोत्सवको अवसर पारेर फिल्मको टिजर जनवरी ७ मा रिलिज गरियो । सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढिरहेका बेला आएको टिजरले फ्यानलाई राहत दिएको छ । ग्यांगस्टार यशको शक्तिलालाई टिजरमा प्रस्ट्याइएको छ । सार्वजनिक टिजरले फिल्मको भव्यतालाई पनि प्रस्ट्याएको छ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्