प्रहरीको विज्ञप्तिमा फिल्मकर्मीको असन्तुष्टी

फिल्म । फिल्म, तथा टेलिफिल्मलगायतमा नेपाल प्रहरीले आफ्नो पोशाकको दुरुपयोग बढेको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण गराउदै विज्ञप्ति जारी गरेको छ । बिहीवार जारी विज्ञप्तिमा प्रहरीको अनुमति बिना फिल्मसँगै सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोमा प्रहरीको पोशाक, मनोग्राम र दर्ज्यानी चिह्नको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा प्रहरी पोशाकको प्रयोग गर्नुभन्दा अगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । विना स्वीकृति यस्ता कार्य गरे कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति जारी भएसँगै फिल्मकर्मीले विरोध गरिरहेका छन् । फिल्म तथा सिरियलमा कथाअनुसार पात्र चयन हुने भएको हुँदा प्रहरीलाई सकरात्मक भूमिकामा मात्र देखाउन नसकिने भनाइ फिल्मकर्मीहरुको छ । ‘फिल्म त समाजसँग जोडिएको हुन्छ । त्यहाँ प्रहरीले गर्ने व्यवहार र कामलाई नै फिल्ममा पनि चित्रण गर्ने हो’ फिल्मकर्मीहरुको एकै भनाइ छ ।

कमेन्ट गर्नुहोस्