फिल्म । मार्भा स्टुडियोबाट निर्मित फिल्मका सुपरहिरो चाडविक बोसम्यानको शुक्रबार निधन भएको छ । हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’ सँगै मार्भलका फिल्महरुमा देखिएका ४३ वर्षे बोसम्यानको मृत्यु उनकै घर लस एन्जल्समा भएको हो ।
झन्डै चार वर्ष अगाडी उनलाई पेटको क्यान्सर रहेको पत्ता लागेको थियो । सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’बाट डेब्यू गरेका बोसम्यानले सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केट बल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित फिल्म ‘४२’ बाट आफुलाई स्थापित गरेका थिए ।
साउथ क्यारोलिना राज्यमा जन्मिएका बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनययात्रा सुरू गरेका थिए । उनले ब्ल्याक प्यान्थरसँगै एभेन्जर्स , क्याप्टेन अमेरिका लगायातका मार्भलका सिरिजमा पछिल्लो समय काम गरेका थिए ।
— Chadwick Boseman (@chadwickboseman) August 29, 2020
कमेन्ट गर्नुहोस्








