फिल्म । पछिल्लो समय बलिउडमा एक्सन र डान्सकै कारण बलियो फ्यान फलोअर्स बनाउन सफल भएका टाइगर श्राफले लकडाउनकै समयमा पनि आउँदो प्रोजेक्ट ‘हिरोपन्ती’ को सिक्वेलको तयारी थालेका छन् । उनको डेब्यु फिल्म समेत रहेको ‘हिरोपन्ती’ सिक्वेलको फस्टलुकले नै फ्यानलाई मोहित बनाएको थियो । फिल्ममा निर्माता साजिद नाडियाडवाला र निर्देशकमा अहमद खान रहेका छन् ।
पछिल्लो फिल्म ‘बागी ३’ मा एक्सनमा निकै मेहनत गरेका टाइगरले यसपटक झनै मेहनत गर्न पर्ने देखिएको निर्माण पक्षले बताएका छन् । ‘टाइगर भनेपछि दर्शक अब नयाँ एक्सन चाहन्छन् , त्यसैले निकै मेहनत गराईरहेका छौँ’ निर्देशक अहमदले भने । यससँगै फिल्ममा अभिनेत्रीको रुपमा कट्रिना कैफ रहने चर्चा पनि भइरहेको छ ।
फिल्ममा टाइगरसँगै एक्ट्रेसको पनि एक्सनका दृश्य रहनु पर्ने भएकोले निर्माण पक्षले कट्रिनालाई अप्रोच गरेको छ । यद्दपी कट्रिनाले फिल्मको बारेमा डिसिजन लिएकी छैनन् । किनकी उनले सलमान खानसँग ‘टाइगर’ फ़्रेन्चाइजमा काम गर्ने तयारीमा छिन् । कट्रिनासँगै निर्माण पक्ष साराअलि खानसँग पनि कुरा गर्ने सोचमा छ । सन् २०२१ मा रिलिज हुने भनिएको फिल्म कोरोना भाइरसको कारण सिर्जित अवस्थाले ढिलिने सम्भावना बढ्दो छ । (एजेन्सी)








