फिल्म । फिल्म निर्देशक निशिकान्त कामत अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई हैदराबाद स्थित एक अस्पतालमा भर्ना गरिएको छ । कलेजोको समस्या देखिएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको हो । मराठी फिल्म मार्फत निर्देशनमा उदाएका कामतले दृश्यम , फोर्स , रकी ह्याण्डसम जस्ता चर्चित फिल्म बलिउडमा निर्देशन गरेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










