म्युजिक भिडियोमा विपिन (भिडियो)

84 Shares

संगीत । अभिनेता विपिन कार्की अभिनित गीत ‘डर छैन’ को भिडियो रिलिज भएको छ । म्युजि भिडियोमा निकै कम देखिने विपिन अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । झन्डै ७ वर्ष अगाडी ‘मेरो जीवन यस्तो होस्’ मा नाट्यकर्मी सुनिल पोखरेललाई अभिनय गराएका निकेशले गीत फरक भएकाले विपिनलाई अभिनय गराएको बताए ।

गीतमा विपिन भरियाको भूमिकामा छन् । गीतमा उनले एउटा भरियाको दिनचर्या र चाहनालाई प्रस्तुत गरेका छन् । गीतमा विपिनसंगै लोकमणि सापकोटा र स्रवानी थापाको अभिनय रहेको छ । गीतमा स्वर सन्तोष लामाको रहेको छ । भने , गीतमा नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको छ । गीतमा हरि हुमागाईंको छायांकन रहेको छ भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्