सृष्टिको कविता

गसिप । लकडाउनलाई नेपालका हिरोइनले आ–आफ्नै किसिमले सदुपयोग गरिरहेका छन् । कोही कालो चिया पकाउन सिकिरहेका छन् त कोही मःमः । तर, सृष्टि श्रेष्ठले भने कवि बन्ने छाँट देखाइरहेकी छिन् । केही समयपहिले पनि उनले लकडाउन ‘लभडाउन’ भएको भन्दै चोटिलो पोस्ट राखेकी थिइन् । सौगात मल्ल र आफ्नो क्युट फोटो राख्दै उनले लेखेको स्ट्याटसलाई धेरैले रुचाएका थिए ।

त्यसैले हौसिएर होला, उनले भर्खरै उस्तै फोटो राख्दै चार लाइन कविता लेखेकी छिन् । कवितामा उनले आफू र सौगातलाई टम एन्ड जेरीसँग तुलना गर्दै फेरि यस्तो दिन आउला÷नआउला भन्दै शंका गरेकी छिन् । लकडाउनका कारण सारा मानिस दिक्क छन् ।

कहिले खुल्ला र काममा निस्कुँला भन्ने चिन्ता छ । तर, सृष्टिको कविता हेर्दा लाग्छ, उनी यो समय कहिल्यै नजाओस् भनेजस्तो गरिरहेकी छिन् । अब दुःखमा पनि सुखको अनुभव कविबाहेक अरू कसले गर्न सक्छ ? (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्