संगीत । केहि समय अगाडी कोरोना भाइरस (कोभिड १९) संक्रमित भएकी बलिउड गायिका कनिका कपूरको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अर्थात उनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छन् । लन्डनबाट लखनउ फर्किएपछी कनिकामा कोरोनाको संक्रमण देखिएको थियो । उनले सुरुवातमा यसलाई एसेप्ट गरिनन् । उनले आफ्नो लगातार तिन पटकसम्म टेस्ट गराईन् । तर , रिपोर्ट ‘पोजेटिभ’ नै आयो ।
त्यसपछि उनले लखनउको पिजिआइ अस्पतालमा उपचार थालिन् । उनको त्यहाँ उपचार भएपछी गरिएको पाचौँ टेस्ट नेगेटिभ आएको हो । तर , उनलाई अहिले डिस्चार्ज गरिने छैन । जब सम्म कोरोना संक्रमितको रिपोर्ट दुइ पटकसम्म नेगेटिभ आउदैन , उपचारमै रहनु पर्ने हुन्छ । त्यसैले कनिकाको केहि समय अझै सोहि अस्पतालमा उपचार हुनेछ । त्यसपछि परिक्षण गरिएको स्वाबको रिपोर्टपछी उनि घर जान पाउने छिन् । कनिका कपूरले बेबी डल, चिट्टिया कलाइयाँ, देसी लुक जस्ता सुपरहिट गीत गाएकी छन् ।
Bollywood singer Kanika Kapoor’s fifth #COVID19 test result comes negative. However, she will have to stay at PGI Hospital Lucknow until one more test result comes as negative. (file pic) pic.twitter.com/BEJevytlOj
— ANI (@ANI) April 4, 2020








