फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दि कर्मा’ को च्यारेटी शो काठमाण्डौमा आयोजना गरिएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ आयोजना गरिएको च्यारेटी शोमा फिल्म रुचाएका छन् । उपस्थित दर्शकले फिल्मले उठान गरेको विषयवस्तुलाई रुचाएका हुन् । यसैगरी कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले हलमा रिलिज नहुँदै च्यारेटी गरेर संघलाई सहयोग गरेको भन्दै फिल्म टिमलाई धन्यवाद दिए । आयोजित च्यारेटी शोमा नायिका परमिता आर एल राणा, कलाकार वुद्दि तामाङ लगायतका कलाकारको उपस्थिती थियो । ‘राम्रो प्रतिक्रिया पाए यसैले उत्साहित छु’ पारमिताले भनिन् । फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ ।
देव कुमार श्रेष्ठ निर्देशित फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको हो । फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ ।








