सुरेन्द्रको फिल्ममा नितेश र अदिती ?

फिल्म । नितेशजंग कुँवरको लोकप्रियता युवा माँझ धेरै छ । उनका गीतसंगीतले युवापुस्ता माँझ राम्रो प्रभाव छाड्ने गरेको छ । जसलाई उनको गीतसंगीत ट्रेण्डिङमा बस्नुले प्रस्ट्याउछ । गीतमा सुनिँदै र देखिँदै आएका नितेश अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म खेल्ने भनिएको फिल्मलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । यो प्रोजेक्टमा उनको मूख्य भूमिका रहने पक्का भएको बुझिएको छ ।

उनीसँग अनस्क्रिन रोमान्स गर्ने हिरोइनमा अदिती बुढाथोकी फाइनल भएकी हुन् । उनले सुरेन्द्रकै ‘कृ’ फिल्म मार्फत फिल्मनगरीमा डेब्यु गरेकी थिइन् । ‘कृ’ पछिअ दिती मुम्बई नै फर्किएकी थिइन् । यो फिल्मका लागि छिट्टै नेपाल आउने तयारीमा छिन् । फिल्मको छायाँकन सिक्किममा हुने बुझिएको छ । केहि समय यता सुरेन्द्र फिल्मको तयारीमा जुटेका थिए । उनले नितेश अगाडी नयाँ हिरोहरुलाई अफर गरेका थिए । केहिसँग कुराकानी हुन् सक्ने भने केहिसँग मिलेन । नितेशले पनि यसअघि फिल्म खेल्ने इच्छा रहेको अन्तर्वार्ताको क्रममा बताएका थिए । उनले रामबाबु गुरुङसँग सहकार्य गर्ने चर्चा भएको थियो तर त्यसले अझै मुर्तरुप पाएको छैन ।

कमेन्ट गर्नुहोस्