विदेश । नेपाल सरकारले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै पर्यटकलाई नेपाल घुमन आग्रह गरेको छ । यसका लागि विभिन्न कार्यक्रम गर्दै नेपाल सरकार अगाडी बढिरहेको छ । यसै क्रममा विदेशमा रहेका नेपालीहरुले पनि यसलाई सघाउन आ-आफ्नो तर्फबाट केहिनकेही गरिरहेका छन् । यसैक्रममा अष्ट्रेलिया स्थित सिड्नीमा रहेर रियल स्टेटको व्यवसाय गर्दै आएका एनआरएन ज्ञानेन्द्र कार्कीले पनि भिजिट नेपाललाई सघाउन आफ्नै किसिमको योजना अगाडी ल्याएका छन् । उनको मेट्रो होम्समा घर जग्गा खरिद तथा विक्री गर्ने ग्राहकलाई उनले १० दिनको नेपाल भिजिट प्याकेज उपलब्ध गराएका छन् । ‘अर्थात् त्यहाँ कारोबार गर्नेले १० दिन नेपाल भिजिट गर्ने अवसर पाउनेछ । ‘हामीले भिजिट नेपालको लगियो अफर ल्याएका हौँ’ उनले भने ।
केहि वर्ष यता सिड्नीमा रहदै आएका कार्कीले सबै नेपालीले आ-आफ्नो तर्फबाट भिजिट नेपाललाई सक्दो सहयोग गर्नु पर्नेमा पनि जोड दिए । ‘हामीले आफ्नो तर्फबाट केहि गर्न सक्छौ तर अगाडी बढ्नु पर्छ’ उनले भने । छोटो समयमै सिड्नीमा रियलस्टेट बिजनेसमा विश्वाशिलो बन्न सफल मेट्रो होम्सले सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ । ‘यो अफरले नेपाली वा विदेशीलाई नेपाल भिजिट गर्न केहि हदसम्म पनि हतोत्साहित गर्छ भन्ने विश्वास छ’ कार्कीले भने ।










