सुपुष्पा भन्छिन् ‘नोटिस हुनु जरुरी छ’

फिल्म । गतवर्ष फिल्म ‘रणवीर’ मार्फत फिल्मनगरीमा भित्रिएकी सुपुष्पा भट्टले दोस्रो फिल्म नै बिग ब्यानरको पाइन । उनले ‘छमाया छपक्कै’ मा अभिनय गर्ने मौका पाइन् । फिल्ममा उनि सानो भूमिकामा देखिए पनि महत्वपूर्ण छिन् भन्ने स्टेटमेन्ट निर्माण पक्षले दिईसकेको छ । डेब्यु फिल्म मार्फत नै तारिफ बटुल्दै नोटिस भएकी सुपुष्पा दोस्रो फिल्म मार्फत मास अडियन्स माँझ पुग्ने भएकै कारण फिल्म गरेकी हुन् ।

उनले केहि समय अगाडी एक कार्यक्रम यस्तै बताएकी थिइन् । उनले एक एडमा अनमोल केसीसंग स्क्रिन पनि शेयर गरेकी छिन् । किनकी उनले अहिले दर्शकले नोटिस गर्ने भूमिकालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छिन् । ‘मेन रोल वा साइड रोल भन्ने हुदैन , मेरो लागी नोटिस हुने रोल चाहिन्छ’ उनले भनिन् । उनि चाहन्छिन , दर्शकको नजरमा पर्न । फिल्ममा डेब्यु गरेकी एक वर्ष नपुग्दै सुपुष्पा पाएको चर्चा सानो कुरा होइन । उनि अभिनित पछिल्लो फिल्म ‘चपली हाइट ३’ आउँदो चैत्र २८ मा प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्