सलोन र आमेशले ल्याए ‘मेरो लागी तिमी’ (भिडियो)

संगीत । अभिनेता सलोम बस्नेत सलोन बस्नेत र आमेष भण्डारीको स्वर रहेको गीत ‘मेरो लागी तिमी’ सार्वजनिक भएको छ । सलोन र आमेषकै शब्द र सङ्गीत रहेको गीत सार्वजनिक गरिएको हो । अभिनयसँगै संगीतमा पनि उत्तिकै प्यासन रहेको बताउने सलोनले गीत मार्फत राम्रो प्रतिक्रिया समेत बटुलेका छन् ।

यता , आमेश अभिनेतासँगै संगीत पनि उत्तिकै सक्रिय छन् । गीतको भिडियोमा सलोन र आमेष फिचर्ड छन् । सुशील बाबु छेत्रीले निर्देशन गरेको भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । आफूले माया गर्ने प्रेमिकाको समर्पणका शब्द रहेको गीत प्रेमको भाव बोकेको छ ।

कमेन्ट गर्नुहोस्