कमलको ‘पहिलो माया’ मा सिम्पल (भिडियो)

संगीत । गायक कमल खत्रीले ‘पहिलो माया’ बोलको गीत सार्वजनिक गरेका छन् । उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको लिरिकल भिडियोलाई दर्शकले प्रारम्भिक रुपमा राम्रो प्रतिक्रिया दिएपछी उनले भिडियो ल्याएका हुन् । भिडियोलाई निकै मेहनत गरेर तयार गरिएको छ । भिडियोलाई सिम्पल खनालले निर्देशन गरेका हुन् ।

गीतलाई हिमाली भेगको रमणीय दृश्यमा छायाँकन गरिएको छ । गीतलाई विना सम्झौता तयार गरिएको कमलले बताए । गीतमा कमल खत्रीको स्वर र संगीत छ भने सुदिप लम्सालको शब्द रहेको छ । गीतमा पहिलो मायाको महत्वलाई वर्णन गरीएको छ । मेलोडियस गीतमा रुचाइएका कमल पछिल्लो समय पार्श्वगायनमा पनि उत्तिकै व्यस्त छन् ।

आफै शब्द लेख्ने , कम्पोज गर्ने र गाउने भएकाले पनि कमलको गीत चयनलाई दर्शक तथा श्रोताले रुचाउदै आएका छन् । गीतको भाव अनुसारकै भिडियो बनाएको गायक कमल बताउछन् । गीतमा कमल र सिम्पल फिचर्ड छन् । यी दुइको जोडीलाई दर्शक तथा श्रोताले रुचाउदै आएका छन् । गीतलाई छायाँकन तथा सम्पादन पवन सुस्लिंगले गरेका हुन् भने यसमा कोरियोग्राफी र निर्देशन सिम्पलकै रहेको छ । सिम्पलले यस अघि कमलकै कसीम , जाउला रेलैमा लगायतका गीतको भिडियो निर्देशन गरिसकेकी छिन् ।

कमेन्ट गर्नुहोस्