‘घर’ निर्माता भन्छन् ‘सिक्वेलको डिमाण्ड आयो’

फिल्म । गत शुक्रबार देखि रिलिज भएको फिल्म ‘घर’ ले सुरुवाती व्यापार राम्रो गरेको निर्माण पक्षले जनाएका छन् । नेपालमा हरर जनरामा निकै कम फिल्म बन्ने गर्छन । यसैले गर्दा पनि नेपाली स्वादको हररलाई दर्शकले रुचाएको निर्माता शर्मिला पाण्डेले बताइन । हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेकी शर्मिलाले सिक्वेल बनाउने सुझाव समेत आएको बताइन । ‘हामीले हाम्रो श्रोत साधनले सक्ने फिल्म बनायौ’ उनले भनिन् । दर्शकले फिल्म हेरेर तर्सिएको र मन परेको प्रतिक्रिया दिएसँगै उनि दंग छिन् ।

हरर जनरामा बनेको फिल्ममा दर्शकको चाप सुखद हुनु आफैमा राम्रो पक्ष हो । निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार, शुक्रबार र शनिबार चलचित्रले ५० लाख माथिको ग्रस कलेक्शन गरेको छ । सिंगल र मल्टिप्लेक्स दुबैमा चलचित्रको व्यापार सुखद रहेको निर्माण कम्पनिले जानेको छ । ६० लाख रुपैयाँको लगानीमा बनेको फिल्मले हल र डिजिटल राइट्सबाट लगानी उठाएको निर्माण कम्पनीले दाबी गरेको छ । फिल्मलाइ अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । यसमा अर्पणसंगै, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्