सूर्यमाला होइन , मिथिला ‘आमा’ बन्दै

फिल्म । पानी पर्दा अधिकांस फिल्मकर्मीलाई चिन्ता हुन्छ , बढी जसको फ्लोरमा छ । अर्थात् छायाँकनरत फिल्मलाई अत्यधिक चिन्ता हुन्छ , किनकी काम रोकिन्छ । तर पछिल्लो समय पानी नपरेर रोकिएको फिल्म हो ‘आमा’। ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको ‘आमा’फिल्मको शुभसाइत टोली छायाँकनको लागि प्रस्थान गरेको थियो । तर , दृश्यले मागेको पानी नपरेपछि टोलि फर्कियो ।

त्यस बीचमा यहि टिमको ‘घर’ रिलिजको संघारमा थियो । अत्याधिक पानीको दृश्य चाहिने भएकाले असारबाट छायाँकन सुरु गरिएको थियो तर पानी कम परेपछि काम अगाडी बढ्न सकेन । ‘फिल्मको अधिकांस दृश्यले पानीको डिमाण्ड गर्छ त्यसैले हामीले यो समयमा छायाँकन सुरु गरेका हौ तर सोचे जतिको पानी नपरेर फर्कियौ’ निर्देशक खनाल भन्छन् ‘मेरो फिल्मको दृश्यमा अलिकति पानी देखाउने होइन , त्यसैले नेचुरलकै लागि तयारी गरेका हौ ।’ यसबीच, आमाको भूमिकामा अनुबन्ध भएकी सूर्यमाला खनालले फिल्मबाट हात झिकेकी छन् ।

उनको ठाउँमा अभिनेत्री मिथिला शर्माको प्रवेश भएको छ । फिल्मको छायांकनमा समय लाग्ने भएको र सूर्यमाला आउँदो दसैँताका अमेरिका जानु पर्ने हुन् सक्ने भएकाले उनको स्थानमा मिथिलालाई रखिएको निर्देशक खनालले बताए । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । ‘पशुपति प्रसाद’ पछि समीक्षात्मक र व्यावसायिक सफल फिल्म दिन नसकेका उनी ‘आमा’ ले दर्शकको अपेक्षा पूरा गर्ने बताउँछन् ।

यो फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । फिल्ममा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिच्दैछन् ।

कमेन्ट गर्नुहोस्