फिल्म । ‘सानो मन’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको पात्रसंगै कथासारलाई प्रस्ट्याइएको छ । सुयोग गुरुङको डेब्यु निर्देशन रहेको म्यूजिकल लभस्टोरी जनरामा आधारित फिल्म असार २० बाट प्रदर्शनमा आउंदैछ । फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केमा केन्द्रित छ ।
यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ‘सानो मन’ फिल्मबाट पछिल्लो समय निकै आश्वादी रहेको बताए । ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो’ आयुष्मानले आफ्नो क्यारेक्टरको बारेमा खुलाउदै भने ‘फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने फिल्ममा सानियाको भूमिकामा देखिएकीछिन् ।
फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । यसमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ। समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहेकोछ ।