स्टेजमा तक्मे बुढासँग आँचलको जोडी (फोटो फिचर)

फिल्म । यतिबेला फिल्म ‘दाल भात तरकारी’ युनिट मोफसल टुरमा छन् । फिल्मको प्रचारप्रसारको लागि गत चैत्र २५ देखि युनिट पुर्वमा रहेको छ । यस अन्तर्गत दोस्रो दिन टिमले दमकमा कन्सर्ट गर्दै पत्रकार भेटघाटको आयोजना गरेका छन् । कन्सर्टमा आ-आफ्नो प्रस्तुति दिने क्रममा स्टेजमा आँचल शर्मा र विल्सन बिक्रम राइको जोडी प्रस्तुत भए । यिनले सँगै नृत्य पनि गरे ।

फिल्म ‘दाल भात तरकारी’ कै हिट गीतहरु भिजिट भिसामा , दाल भात तरकारी लगायतका गीतमा नृत्य गर्दा उपस्थित दर्शकले हुटिंग गरेका थिए । आँचल र विल्सनको जोडीलाई देख्दा दर्शक पनि प्रफुल्लित थिए । कन्सर्टमा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेलसँगै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल पनि सहभागी छन् । त्यसपछि चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट गर्नेछ ।

त्यसपछि टिमले काठमाण्डुमा पनि कन्सर्ट गर्दैछ । किरणकै पुत्र सुदन केसीले यसलाई निर्देशन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

Facebook Comments