टिकटकले तिर्यो ५७ करोड जरिवाना

विदेश । पछिल्लो समय छोटो भिडियो शेयरिङ एप टिकटक विश्वभर चर्चामा रहेको छ । आफ्नो गीतसंगीतको प्रचार गर्नकै लागि सर्जकले यसको सहारा पनि लिने गरेका छन । तर टिकटकले अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ ।

केहि समय अगाडी मात्र अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको थियो । यता टिकटकले भने प्रयोगकर्ताको सुरक्षा तथा गोपनियतालाई आफुले गम्भीर रुपमा ख्याल गरेको बताउँदै यसमा आफु प्रतिबद्ध रहेको र सुरक्षाका विधिहरुलाई विस्तार गर्दै लगेको जनाएको छ ।

स्मरण रहोस् टिकटक सन् २०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ । अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ । टिकटकको मातृ कम्पनी बाइट डान्सले सन् २०१७ मा म्युजिकली एप खरीद गरेको छ । चिनिया कम्पनी बाइट डान्सले म्युजिकली खरीद गरेसँगै टिकटकमा विलय गराएको थियो । टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् ।

Facebook Comments