अफ्सना भन्छिन् ‘ मोडलिङमा आएपछि तिन वर्ष परिवारसँग टाढिनु पर्यो’

फिल्म । गायक रेशम थापाले गाएको चर्चित गीत ‘रुमालै छ चिनो’ नामलाई सापटी लिएर निर्माण भएको फिल्म आउदो शुक्रबार अर्थात फागुन १० बाट प्रदर्शनमा आउँदैछ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा फिल्म आधारित छ । फिल्मलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशान्त कार्की एक्सन हिरोको रुपमा छ । यसै फिल्म मार्फत आफुलाई स्थापित गर्ने सोचमा छिन , अफ्सना थापा । यसअघि ‘चोखो माया’ फिल्ममा काम गरेकी उनलाई यो फिल्मबाट धेरै आशा छ ।

‘यसमा मैले गाउले युवतीको भूमिका निर्वाह गरेकी छु’ उनले कुराकानीको क्रममा भनिन् ‘फिल्म सम्पूर्ण मनोरंजनको प्याकेज हो ।’ फिल्मनगरीमा आउँनलाई उनलाई सहज भने थिएन । ‘म सानोमा भलिवल खेलाडी थिए र काठमाण्डौमा पनि उनि अध्यनसँगै खेल सिक्नकै लागि आएकी थिइन्’ अफ्सनाले पुरानी दिन सम्झिदै भनिन् ‘शंकर दाइको डान्स सेन्टरमा सिके र लोक दोहोरि गीत हुदै फिल्ममा आएकी हु ।’ उनि स्याङ्गजाबाट काठमाण्डौ अध्यनको लागि आएकी थिइन् । सुरुवाती दिनमा उनलाई मोडलिङ अंगाल्दा सपोर्ट भएन किनकी उनले भलिवल हुदै आर्मी ज्वाइन गर्छिन भन्ने आशमा घरपरिवार थिए तर उनले यसक्षेत्रलाई रोजेपछि परिवारका सदस्य टाढिए ।

‘मैले यो फिल्ड रोजेपछि झन्डै तिन वर्ष घर छाड्नु पर्यो’ उनले सुरुवाती दिनलाई सम्झिदै भनिन् ‘तिन वर्ष चाडवाडमा पनि घर गइन , घरमा पनि आमासँग मात्र कुरा हुन्थ्यो ।’ तर यतिबेला उनलाई घरको पनि सपोर्ट छ । उनि अब कलाकारितामा आफुलाई स्थापित गराउने सोचमा छिन् । ‘मलाइ एक्सन लेडीको भूमिका निर्वाह गर्न मनछ’ उनले भनिन् ‘मैले एक्सन लेडीको लागि चाहिने टेक्निकल कुराहरु सिकेको पनि छु ।’ निरुता सिंहकी फ्यान अफ्सनाले आउदा दिनमा आफु मेहनतले स्थापित हुनेमा विश्वस्त छिन ।

यसैगरि निर्देशक ठकुरी पनि आफुलाई यसै फिल्मले चिनाउने बताउछन् । ‘अघिल्ला फिल्म केहि कम्जोर थिए भने केहि पब्लिसिटी नभएर हराए’ कोरियोग्राफर हुदै निर्देशक बनेका ठकुरी भन्छन् ‘फिल्मले नेपालीको वीरताको कथा बोकेको छ , दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।’ सिंगल थिएटर केन्द्रित बताइएको यो फिल्ममा सुशान्त र अफ्सनाका अलावा किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतको अभिनय छ । फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको संयूक्त लगानी छ । बिनोद सापकोटाले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्