किशन भन्दैछन् ‘कुम जोडी नाचौ’ (भिडियो)

संगीत । सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको ‘कुम जोडी नाचौ’ गीत भिडियो सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र एस डी योगीको संगीतमा रहेको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो । चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडल द्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ ।

हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी चलचित्र पत्रकार संघ दांग शाखाका संस्थापक अध्यक्ष समेत हुन् ।

कमेन्ट गर्नुहोस्