विपिन भन्छन् ‘गोपी गर्ने मनस्थिति थिएँन’

फिल्म । विपिन कार्की राम्रो अभिनेता हुन् भन्ने उनले प्रमाणित गरिसकेका छन् । उनलाई दर्शकले रियल लाइफ भन्दा पनि रिल लाइफमा चिन्ने गर्छन् , जसमा उनि पनि खुसि छन् । उनको काम नै पहिचान हो भने कथा नै स्टारडम । यिनै विपिनले पछिल्लो फिल्म ‘प्रसाद’ मार्फत समीक्षात्मकसँगै व्यावसायिक सफलता पनि हात पारे । यिनको आउदो फिल्म हो ‘गोपी’ , जसलाई दर्शकले यसै साताको शुक्रबार अर्थात् माघ १८ मा हेर्न पाउनेछन् । जसमा उनि स्वरोजगारीलाई आत्मसात गर्ने युवाको भूमिकामा छन् । पछिल्लो समय नेपाली श्रम विदेशी भूमिमा प्रयोग भईरहदा उनले यसलाई स्वदेशमै केहि गरौ भन्ने संदेश फिल्म मार्फत दिएका छन् ।

फिल्मका प्रोटागोनिस्ट उनि नै हुन् । उनकै माध्यमबाट कथा भनिएको छ । तर उनि यस फिल्मको लागि पहिलो रोजाई थिएनन् । सञ्चारकर्मी समिप्याराज तिमल्सेनाको लेखन तथा अर्का सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा तयार हुने भनिएको फिल्ममा गोपीको रुपमा अभिनेता खगेन्द्र लामिछानेलाइ रोजिएको थियो । तर वैचारिक मत भिन्नताको कारण फिल्मबाट खगेन्द्र बाहिरीदा विपिन भित्रिए । ‘खगेन्द्र आउट तथा विपिन इन’ फिल्मनगरीमा यसलाई सबैले चासोको रुपमा लिए , किनकी यी दुईको सोचाइ धेरै हदसम्म मिल्छ र काम गर्ने शैली पनि उस्तै छ । किनकी यी दुईकै धरातल थिएटर हो । ‘फिल्म गर्दिन भन्ने मनस्थिति बनाएको थिए किनकी म झन्डै दुई या तिन महिना अगाडी नै प्रि-प्लान गर्छु’ विपिनले उक्त समयलाई सम्झिदै भने ‘स्क्रिप्ट चित्त बुझे पनि यति छिटै गोपी बनौला जस्तो लागेको थिएन तर मेरो कार्यशैलीलाई बुझ्ने टिम भएकोले फिल्म गर्न तयार भए ।’

उनले उक्त समयमा आफ्नो नेचरसँगै मानवतालाई पनि महत्व दिए । ‘मैले आफ्नो तर्फबाट समय त पाएको थिइन् तर मैले त्यो समयमा फिल्म गर्नु नै उपयुक्त ठाने’ विपिन भन्छन् ‘मलाइ आत्मविश्वास थियो र निर्देशक दिपेन्द्र दाइले हौसला दिनु भयो ।’ उनलाई सुरुवातमा गोपी बन्छु भन्ने लागेको थिएन तर निर्देशक लामाले सहजै उनलाई सहजता प्रदान गरे । त्यसो त उनले स्वदेशमै गाइ पालन मार्फत उदेश्य पुरा गर्न लागिपरेको युवकको भूमिका निर्वाह गर्नु पर्ने थियो । जसलाई उनले केहि समयमै क्यारेक्टरको रुपमा भेट्टाए । त्यसो त उनलाई भन्दा पनि दर्शकले उनको नाम र क्यारेक्टरलाई चिन्ने गर्छन । ‘मलाइ धेरैले चिन्नु हुन् बरु मलाइ मैले निर्वाह गरेको भूमिकाको आधारमा चिन्नु हुन्छ’ विपिन भन्छन्’ तर मेरो आचरण नै त्यस्तै छ , म कामकै आधारमा चिनिन चाहन्छु ।’

यसलाई उनि सहज रुपमा लिन्छन किनकी उनले थियटरमा आउँन फिल्म भन्दा कम संघर्ष गरेका छैनन् । ‘थियटरमै म सानो सानो रोल गर्दै आएको हु , त्यहाँ पनि संघर्ष फिल्मकै झैँ थियो’ उनि भन्छन् ‘मलाइ कामले चिनिनु छ नकी अनुहारले ।’ यसैले गर्दा उनि एकपछि अर्को फिल्ममा आफुलाई फरक देखाउन कुनै कसर बाँकी राख्दैनन् । उनको पहिचान नै दर्शकले दिएका उपनाम हुन् , कसैले उनलाई भष्मे भन्छन् कसैले फडिन्द्र । यस्तैछन् विपिम उर्फ गोपी !

कमेन्ट गर्नुहोस्