सुरु भयो ‘घर’

फिल्म । अर्पण थापाको निर्देशनमा तयार हुने फिल्म ‘घर’ को छायाँकन प्रारम्भ भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार शुभ मुहुर्त गर्दै फिल्म युनिटले छायाँकन प्रारम्भ गरेको हो । हरर कथामा बन्ने फिल्ममा अर्पण थापाको पनि अभिनय रहनेछ । यस अगाडी सुनकेसरी बनाएका अर्पणले त्यसबेला अभिनय भने गरेका थिएनन् । यसपटक फिल्ममा अर्पणसँगै वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनालको मुख्य भूमिका रहनेछ । झन्डै २० दिने सेड्युल लिएर फलोरमा गएको फिल्मलाई निरज कंडेलले खिच्नेछन् । फिल्म बुढानिलकण्ठ आसपासमै खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी दिए । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा दिपेन्द्रसँगै शर्मिला पाण्डेको लगानी रहनेछ ।

कमेन्ट गर्नुहोस्