नयाँ फिल्ममा आर्यन र साम्तेनको सहकार्य

फिल्म । डेब्यु फिल्म ‘लेटर’ मार्फत नै दर्शक माँझ नोटिस भएका निर्देशक साम्तेन भुटियाले त्यसपछी तान्द्रो ,अनागत , सुस्केरा र साढे सात निर्देशन गरिसकेका छन् । हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको फिल्म निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको छ । तर उनले तयारी गरिरहेको नयाँ फिल्म भने फुल कमर्सियल रहेको छ । उनले नयाँ फिल्मको लागि अभिनेताको रुपमा आर्यन सिग्देललाई कन्फर्म गरेकाछन् । यस वर्ष फिल्म ‘कायरा’ मा देखिएका आर्यनले साम्तेनको निर्देशनमा तयार हुने नेक्स्ट रोमान्टिक कमेडीमा आफुलाई प्रस्तुत गर्दैछन् । हाल फिल्म ‘हजार जुनीसम्म’ को छायाँकनमा देश बाहिर रहेका आर्यनलाई सुहाउने नायिकाको खोजिमा साम्तेन छन् ।

फिल्म ‘कायरा’ मा आर्यनको पुनः चकलेटी लुक्स देखेपछी साम्तेनले आर्यनसँग काम गर्ने प्रोसेसलाई अगाडी बढाएको बुझिएको छ । फिल्म आउदो फागुन देखि फ्लोरमा जाने तयारीमा छ , जसलाई आउदो वर्षको दसैँ अगाडी नै रिलिज गरिनेछ । साम्तेन आफैले पनि आउदो फिल्म फुल कमर्सियल हुने बताएका छन् । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

कमेन्ट गर्नुहोस्