सिटी सेन्टरमा ‘फुड स्टेसन’

देश । नेपालका सेलिब्रेटीहरुको स्वादलाई मध्यनजर गर्दै राजधानीको सिटी सेन्टरमा खानाको विभिन्न परिकार पाइने ‘फुड स्टेसन’ सञ्चालनमा आएको छ । फिल्म निर्माता मोहनकृष्ण श्रेष्ठले साथीहरुसँगको सहकार्यमा विभिन्न स्वाद र प्रकारको खानाले सबै इन्द्रियलाई सन्तुष्ट दिलाउन थप सहज भएको छ । ‘फुड स्टेसन’ गत डिसेम्बर २१ बाट सञ्चालनमा आएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा उद्घाटन गराइएको फुड स्टेसनको उक्त समारोहमा सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु उपस्थिति थियो ।

‘नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशन’ सिटी सेन्टरको चौँथो तल्लामा अवस्थित छ । यसमा चाईनिज, कोरिएन, कन्टिनेन्टल, बलिवुड बिरयानी, दुबाई क्याफेटेरियासहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थ पाइने बताइएको छ ।

‘सिटी सेन्टरमा किनमेल गर्न आउने वा फिल्म हेर्न आउनेका लागि यहाँ विश्रामसँगै स्वादिष्ट परिकारको मज्जा लिन सक्नेछन्’ संचालक मध्यका एक मोहनले बताए । यसलाई मोहनसँगै वाई. एल. लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी, महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्