बिपिशा र रोजी बने ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ विजेता

सौन्दर्य । सामरी इन्टरनेशनल इभेन्ट्स प्रालिको आयोजनामा सम्पन्न ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६-सिजन २’ को उपाधि ‘मिस’तर्फ बिपिशा भट्टराई र ‘मिसेस’तर्फ रोजी श्रेष्ठले जितेका छन्। प्रतियोगितामा ‘मिस’तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप घोषित भइन्। ‘मिसेस’तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेन्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप बने। प्रतियोगिताको शीर्ष प्रायोजक बिहे सेवा रहेको थियो।

विधागत पुरस्कारअन्तर्गत कल्पना राई ‘पब्लिक च्वाइस विनर’, तीर्थाकुमारी मगर ‘भ्यूअर च्वाइस विनर’ र हिमाकुमारी राजवंशी ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ विजेता घोषित भए। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गादेवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’को उपाधि प्रदान गरिएको थियो।

सामरी इन्टरनेशनल इभेन्ट्सका अध्यक्ष भरत सामरीले प्रतियोगिताको उद्देश्य महिला नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण तथा नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन रहेको बताए।

फाइनल चरणमा प्रतियोगीहरूले विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति, फेसन शो र विशेष कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि निर्णायक मण्डलले उत्कृष्ट प्रतिस्पर्धी छनोट गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताका सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, र्याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न प्रशिक्षणमा समेत सहभागिता जनाएका थिए।

कमेन्ट गर्नुहोस्