फिल्म । गायक अनुज लामाको स्वरमा रहेको नयाँ गीत ‘टाढा नजाउ’ सार्वजनिक गरिएको छ। अनुजकै संगीतमा तयार भएको यो गीतको शब्द अरुणा रुम्बाले लेखेकी छन् । निरोज लामाले एरेन्जमेन्ट र किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको म्युजिक भिडियो पनि एकसाथ रिलिज भएको छ ।
गीतको भिडियो किरण चापागाईंले निर्देशन गरेका छन्, जसमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचर गरिएको छ । पंकज महराको छायांकन र धिरज अधिकारीको दृश्य सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । प्रेमिल शैलीको यो गीतमा माया गरेको व्यक्तिलाई सधैं नजिक रहन र टाढा नजान आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस्










