फिल्म । आज ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको च्यासलस्थित सेटमा मुहूर्तसँगै छायांकन प्रारम्भ गरेको हो । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी फिल्मको सुटिङका लागि स्याङ्जा जानेछ ।
यसमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् । महिलाप्रधान भनिएको फिल्म नरदेवी फिल्मसको व्यानमा प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहेको फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । यसमा रिदम कँडेल र आषिश अविरलको सङ्गीत रहने छ । निर्माण पक्षका अनुसार यो विसं २०८२ मा रिलिज हुनेछ ।










