‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा हुँदै

फिल्म । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी माघमा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ । माघको पहिलोसाता काठमाडौँमा हुने महोत्सवमा सहभागी हुने चाहने फिल्मका लागि आवेदन माग गरिएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

उनले यसपटक अफ्रिकासँगै अन्तर्राष्ट्रिय विधा अन्तर्गत अन्य देशका फिल्म पनि सहभागी हुने बताए । निर्देशक क्षत्रीले यस महोत्सवले नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्य बोकेको जनाए । उनले भने,‘महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ ।’

तीन दिनसम्म चल्ने महोत्सवमा आगामी पुस १६ गतेसम्म आफ्नो फिल्म, सर्टफिल्म, डकुमेन्ट्री दर्ता गर्न पाइने छ । महोत्सवमा फिल्म प्रदर्शनका साथै फिल्म कार्यशाला, नेपाली फिल्मको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्