दर्शकसँग ‘मोदीबेनी’

फिल्म । पर्वतको मोदीबेनी क्षेत्रको एक कथामा आधारित रहेर तयार पारिएको फिल्म ‘मोदीबेनी’ प्रदर्शन भएसँगै यस बारे प्रतिक्रिया लिन निर्माण समूह काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेका छन् । निर्देशक शङ्कर कोइराला, कलाकारहरू रेजिना उप्रेती, वर्षा सिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठले शुक्रबार र शनिवार विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे ।

एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको फिल्मले उठान गरेको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूलाई दर्शकले रुचाएको अभिनेत्री रेजिना उप्रेतीले बताइन ।

उनले भनिन्,‘धेरै वर्षपछि हलमा आएर दर्शक प्रतिक्रिया लिँदा नयाँ अनुभव बटुले । यस बीचमा फिल्ममा किन गरिन् भन्ने आफैँले आफैँलाई प्रश्न गरे । अब वार्षिक रुपमा कम्तिमा एउटा वा दुईटा फिल्म गर्छु भन्ने निर्णय लिएँ । प्रिमियर झैँ हलमा आउनु भएका दर्शकले फिल्म मन पराउनु भएको छ ।’

दर्शक साक्षात्कारमै रहेका नव अभिनेता श्रेष्ठले आफ्नो खुसीलाई शब्द व्यक्त गर्न नसकेको बताए । ‘मेरो लागि यो सबै नयाँ र सपना झैँ छ । दिग्गज कलाकारसँग काम गर्न पाएको छु, दर्शकको माया पाएको छु, भावुक हुँदैछु । मैले यो अवस्थालाई शब्दमा व्यक्त गर्न सकिरहेको छैन । आउँदा दिनमा अझैँ मेहनत गर्ने प्रेरणा र हौसला दर्शकबाट प्राप्त भएको छ’, नव अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री सिवाकोटीले प्रिमियर अगाडिसम्म आफ्नो मनमा रहेको डर शुक्रबारसम्म आइपुग्दा हराएको बताइन । उनले भनिन्,‘फिल्म बुझेका फिल्मकर्मीमार्फत प्रिमियरमा पाएको प्रतिक्रिया झैँ दर्शकले पनि रुचाउनुभयो । हामीले भेटिरहेका दर्शकले कथा र पात्रसँगै ग्रामिण सौन्दर्यलाई तारिफ गर्नुभएको छ । विशेषत यस्तो किसिमको भूमिका मेरा लागि नयाँ थियो, दर्शक प्रतिक्रियाले न्याय गरे जस्तो लागेको छ ।’

यसमा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। यसलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। यसका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

फिल्ममा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्