फिल्म । बलिउडका भाइजान सलमान खानले आफ्नो हिट फिल्म ‘किक’ को सिक्वेल गर्ने भएका छन् । फिल्मलाइ साजिद नाडीयाडवालाले निर्माण तथा निर्देशन गर्नेछन् । यतिबेला दर्शकहरू बलिउडका हिट फिल्मको सिक्वेल उत्सुकताका साथ कुरिरहेका छन् । यसलाई बुझेर सलमानले आफ्नो करिअरलाई पुनः ट्रयाकमा ल्याउन दर्शकले मन पराउने फिल्ममा काम गरिरहेका छन् ।
हाल ‘सिकन्दर’ नामक फिल्ममा काम गरिरहेका सलमानले लामो समयदेखि किकको सिक्वेल आउने हल्लालाई ग्रीन सिग्नल दिएका छन् । भारतीय सञ्चार माध्यमको रिपोर्टअनुसार किकका निर्माता साजिद नाडियाडवाला अर्काे वर्ष सिक्वेल ल्याउने तयारीका साथ काम गरिरहेका छन् ।
सलमान र साजिद निकै नजिकका साथी हुन् यसैले गर्दा पनि ढिलै भएपनि फिल्म बन्ने कुरामा दर्शक कन्फर्म थिए । साजिदले एक अन्तर्वार्ताको क्रममा सलमानले ‘किक २’ मन पराएको बताईसकेका छन् । यद्दपी यस विषयमा सलमानले केहि बोलेका छैनन् । (एजेन्सी)












