सङ्गीत । रियालिटी शोबाट उदाएका भारतीय गायक विनित सिंह नेपाल आउने भएका छन् । उनी आफ्नो ब्याण्ड सहित सांगीतिक प्रस्तुतिका लागि दरबारमार्गस्थत कल्ब प्लाटिनममा आगामी डिसेम्बर २ (मंसिर १६ गते) शनिबार आयोजना हुने ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रममा आउने छन् ।
एलएण्डएन मोडेल एजेन्सीको आयोजना रहेको कार्यक्रमले सांगीतिक मनोरञ्जन दिलाउनुको अलवा नेपालमा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने आयोजकको विश्वास लिएको छ । कार्यक्रमको सिलसिलामा तीन दिन नेपाल बस्ने विनितको नेपाल बसाइको क्रममा पशुपतिनाथ दर्शन, नेपाली खानाको स्वाद लिने र पर्यटकिय स्थलको भ्रमण गर्ने समेत कार्यक्रम रहेको आयोजक टोलीका सानु खानले जानकारी दिए ।
विनितले कार्यक्रममा ‘तेरा प्यार प्यार हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’ जस्ता गीत गाउनेछन् ।
कमेन्ट गर्नुहोस्










