फिल्म । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा तीस दिन लगाएर गरिएको हो । निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको फिल्मको पोखराका विभिन्न स्थानहरुमा छायाकंन गरिएको हो ।
निर्देशक भट्टराईका अनुसार यो फिल्म उनका लागि विशेष हुनुका साथै अभिनेता पल शाहको करिअरलाई नयाँ उचाई दिनेछ । यो फिल्ममा पलसँगै दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ । क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।
फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।










