फिल्म । नेपाल चलचित्र प्राविधिक संघले अमेरिकामा आयोजना गर्ने तयारी गरिरहेको ‘नेफ्टा फिल्म अवार्ड’ को एघारौँ संस्करणबाट विवादका कुराहरु निस्किन थालेको छ । यसलाई अमेरिकामा आयोजना गर्न सघाउने भनिएको आयोजक मध्येका एक आर्यन फिल्मस् प्रोडक्सनले एक विज्ञाप्ति निकाल्दै आफ्नो सहभागिता नरहेको पुष्टी गरेको छ ।
उक्त कम्पनिका अनुसार भिसा प्रक्रियामा ‘अनाधिकृत मान्छेको नाम थपिएको’ भन्दै आपत्ति जनाउँदै अवार्ड आयोजना गर्न नसकिने उल्लेख गरेको छ । संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालमार्फत जारी विज्ञप्तीमा भिसा प्रक्रियाका लागि निवेदन दिएका एकचालीस जनामा केही अनाधिकृत व्यक्तिको निवेदन परेकोले आयोजक नरहने सकिने उल्लेख गरिएको छ । साथै, खर्च भएको पन्ध्र हजार डलरसमेत उक्त कम्पनिले फिर्ता मागेको छ । यद्यपि अनाधिकृत व्यक्तिको बारेमा विज्ञाप्तिमा थप जानकारी दिईएको छैन ।
यस विषयमा नेफ्टाका अध्यक्ष पुष्कर लामाले यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् । यस्तै, नेफ्टाले सार्वजनिक गरेको अवार्डको प्रचार सामग्रीमा देखिएका अनुहारहरु (भिसा नभएका) प्रवेशाज्ञा पाउने वा नपाउने भन्न्व दुविधामा छन् । ‘अन्तर्वार्ताको समय मिलेको छैन तर प्रचारमा नाम अगाडी आइसक्यो’, एक कलाकारले भने ।
आर्यन फिल्म्सको विज्ञाप्तिपछि भिसा भएका केही कलाकारलाई अमेरिकाको अवार्डमा सहभागी भइदिनका लागि नेफ्टाले गरेको आग्रहमा समेत उनीहरुले जवाफ दिन सकिरहेका छैनन् ।











