वेब सिरिजमा अदिती

वेब सिरिज । मोडल तथा नेपाली चलचित्रकी अभिनेत्री अदिती बुढाथोकी भारतीय वेब शृंखला ‘म्यूजिक’ मा जोडिनु भएको छ । तीन भागसम्म बन्ने तय भएको शृंखलामा जोडीएसँगै उहाँले छायांकन सुरु गर्नुभएको छ । नेपाली चलचित्र र केही हिन्दी म्यूजिक भिडिओमा अभिनय गर्नुभएकी अभिनेत्री बुढाथोकी भारतको मुम्बईमा रहेर मोडलिङ गरिरहनु भएको थियो ।

‘काम सुरु भएको छ । तीन भागसम्मको सम्झौता भएको छ । यसले मेरो लागि बलिउडलाई अझैँ नजिक ल्याएको छ’, अभिनेत्री बुढाथोकीले भन्नुभयो । उहाँले दिएको जानकारी अनुसार नीतिन गावडेको निर्देशनमा तयार भईरहेको सिरिजलाई विनोद प्रधानले छायांकन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्