फिल्म। कोरोना महामारीको कारण तीनबर्ष अघि प्रदर्शन स्थगित गरिएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गर्नुभएको हो।
‘नीरफूलले भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ’, निर्देशक वलले भने। । रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी अभिनय रहेको छ। यसमा म्यानमारका पुर्व राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भुमिकामा छिन् ।
प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको ‘नीरफुल’ २०७६ चैत ७ गते प्रदर्शन हुनै लाग्दा दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण हलहरु बन्द गरीएको थियो ।











