सम्राज्ञीसँग पुष्प र सन्दीप भन्दैछन् ‘रूमालै बाटेर टाई बनाम’

फिल्म । पुष्प खड्का र साम्राज्ञी आरएल शाहको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । पुस २९ गते रिलिज हुने फिल्मको सार्वजनिक गीतको बोल ‘रूमालै बाटेर टाई बनाम’ रहेको छ । सार्वजनिक लोक शैलीको गीतमा सुभाष भुसालको संगीत तथा जगदीश समाल र मेलिना राईको स्वर रहेको छ । रामजी लामिछाने कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले खिचेका हुन् ।

गीतमा पुष्प र साम्राज्ञीसँगै सन्दीप क्षेत्रीको नृत्य देख्न सकिन्छ । यसअगाडी फिल्म निर्माणमा सक्रिय रमेश एमके पौडेलले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा, निरू भण्डारी,अशोक पोख्रेल, सुमन पौडेल तथा सुमित पराजुलीको सह-निर्माता रहेका छन्।यसैगरी निर्देशक सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन समेत रहेको छ । उनलाई लेखनमा बाबुराम निरौलाले साथ दिएका छन्। यसमा इमीली लामा, दिपिशा केसी,खड्क बहादुर पुन तथा सरोज खनालको अभिनय रहेको छ। यसमा भूपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको कलर करेक्सन रहेको छ ।

कमेन्ट गर्नुहोस्