फिल्म । निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिलेको छ । शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको एक पत्रकारले जनाएका छन् ।
नेपाल पत्रकार महासंघका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच झण्डै दुई घण्टा छलफल थियो । थापाले पत्रकार श्रेष्ठमाथि गरेको गालीगलौज र धम्कीप्रति आत्मालोचना गर्दै माफी माग्ने र श्रेष्ठले यस मुद्दालाई फिर्ता लिने र अगाडी नबढाउने सहमति भएको बताइएको छ । निर्देशक थापाले आउँदो दिनमा प्रेस स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जाहेर गर्दै आफूबाट गल्ति भएको स्वीकार गरेका छन् ।
कमेन्ट गर्नुहोस्











