इजरायलमा २८ औं आदिवासी दिवस कार्यक्रम सम्पन्न

विदेश। नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने नारा संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८ औं विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम हर्ष उल्लासको साथमा मनाएका छन् । यसैक्रममा प्रवास इजरायलमा पनि आदिवासी समुदायहरुको मौलिक भेषभुषा सहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरुको साथमा कार्यक्रम अगस्ट १२ तारीख शुक्रबारको दिनमा भव्य रुपमा सप्पन्न भएको छ।

इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक संघ संगठन, सामाजिक ,सांस्कृतिक ,धार्मिक , कला ,साहित्यिक संस्था र मिडियाकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। डिक कुमार तमुले संयोजन गरेको कार्यक्रममा इजरायलको सन्दर्भमा विगत बाह्र वर्षदेखि यता हरेक वर्ष विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउदै आइरहेको पनि नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नानी माया योञ्जन तामाङले बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्