फिल्म । छिमेकी मुलुक भारतमा फिल्मले कलाकारको स्टारडम अनुसार व्यापार गर्न सकेन भने वितरकले पैसा फिर्ता माग्ने गरेका छन् । स्टारहरुले पनि केहि रकम फिर्ता गर्ने गरेका छन् । पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘लाल सिंह चड्डा’ ले बक्स अफिसमा कुनै जादु गर्न नसकेपछि वितरकहरुले आमिर खानसँग पैसा फिर्ता मागेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर स्तब्ध भएको बताइन्छ । किनकी उनको पछिल्लो फिल्मले फ्लपको ट्याग पाउँदा पनि पहिलो दिन ५० करोड माथिको व्यापार गरेको थियो ।
तर , यतिबेला ‘लाल सिंह चड्डा’ को लाइफटाइम कलेक्सन त्यति पुग्ने देखिएको छ । आमिरले पछ्याउदै आइरहेका कलाकार टम ह्यांक्स अभिनित फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेकको रुपमा ‘लाल सिंह चड्डा’ लाइ निकै मेहनतका साथ निर्माण गरेका थिए । ‘आमिरले यो फिल्मलाई मन देखि नै बनाएका थिए । किनकी उनको फेवरेट हिरो टम ह्यांक्सको क्लासिक फिल्म हो । यद्दपि आमिर पछिल्लो समय व्यापारले स्तब्ध छन्’ आमिर निकट एक फिल्मका सदस्यले भने । देशभरका फिल्म वितरकले आर्थिक क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्, जसले ‘लाल सिंह चड्ढा’ले अझै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ ।












