फिल्म । सर्ट फिल्म ‘द रूम’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो विजयादशमीलाई लक्षित गर्दै ट्रेलर सार्वजनिक गरिएको फिल्ममा अभिनेता विष्णु ठकुरीले बताए । सञ्चारकर्मी समेत रहेका विष्णुले छायांकन सहित फिल्मको अन्य काम आफैले गरेको बताएका छन् ।
हरर जनारामा निर्मित सर्ट फिल्म ‘द रूम’मा लकडाउनमा एकलै घरमा रहेको एक व्यक्तिको मानसिक गतिविधिलाई चित्रण गर्छ । ‘यसमा हामीले लकडाउनमा घरमै बस्न बाध्य एक व्यक्तिको मानसिक अवस्था , मनोवैज्ञानिक त्रास र भ्रमका तथ्यलाई देखाउने कोसिस गरेका छौँ’ विष्णुले बताए । साथै , उनले यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराए पश्चात मात्र प्रदर्शन गरिने बताए । ‘यसमा मैले एक्लै काम गरेको छु , यसले टीम र बजेट अभावमा अड्किएका फिल्मकर्मीलाई हौसला दिनेमा विश्वस्त छुँ’ उनले भने ।
कमेन्ट गर्नुहोस्










