जीवन विकास लघुवित्तको आईपीओ बाँटफाँट

सेयर । गत असार ११देखि १५ गतेसम्म जीवन विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् । १०–१० गोला प्रथाबाट उभ्रिएको ५ कित्ता भाग्यमानी ५ जनाले हात पारेका छन् । अर्थात उनीहरुलाई ११ कित्ताका दरले आईपीओ परेको छ ।

पछिल्लो समय लघुवित्तले राम्रो दाम पाउन थालेपछि यसको आकर्षण लगानीकर्तामा बढ्दो छ । यसको मार्केट भ्यालु राम्रो पाउने भएकाले पनि २१ लाखको हाराहारीमा आईपीओ भरिएको हो । यस संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गरेको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार जीवन विकासको आईपीओका लागि कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । तपाइले रिजल्ट हेर्न यी लिंकहरु प्रयोग गर्न सक्नुहुनेछ ।

https://iporesult.cdsc.com.np/ , http://jeevanbikasmf.com/en/ , https://nmbcl.com.np/shareallotment

कमेन्ट गर्नुहोस्