फिल्म । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित रहेर ‘ओभर डोज’ नामक फिल्म बनेको छ । अमेरिकामामै छायांकन गरेर प्राविधिक कामसमेत सम्पन्न भएको फिल्मको आज शनिबार अर्थात मे २९ मा अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको छ । ड्रग्स र अपराधको कथामा निर्माण भएको फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भूमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलले अमेरिका र नेपालका दर्शकलाई लक्षित गरी दुई भाषामा फिल्म बनाएको जानकारी गराएका छन् । दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिशराज पन्त बताए । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । फिल्मलाई अनुकुल समयमा संसारभर प्रदर्शन गर्ने निर्माणपक्षले जनाएको छ ।












