दयाको सोल्टिनी रेविका (भिडियो)

संगीत । अभिनयको लागि चिनिने कलाकार दयाहाङ राई पछिल्लो समय भिडियोमा पनि देखिन् थालेका छन् । प्राय विषयप्रधान भिडियोमा देखिने दया लकडाउन यता नृत्य शैलीको भिडियोमा समेत आफुलाई प्रस्तुत गरेका छन् । कुनै बेला नृत्यलाई कम्जोर मान्ने दयाले नृत्य गरेका कयौँ गीतसंगीत हिट छन् । यिनै दया अभिनित नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ ।

रेविका गुरुङसँग दयाले गीतमा नृत्य गरेका छन् । सर्वाजनिक गीतलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भिडियो हुँदै फिल्म निर्देशनमा प्रवेश गरेका चाम्सले भिडियोमा पनि फिल्मकै परिचित अनुहारहरुलाई प्रस्तुत गर्ने गरेका छन् । गीतलाई सुदीप बरालले छायांकन रहेको छ भने यसलाई सन्तोस शाहले सम्पादन गरेका हुन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफ रहेको छ ।

सार्वजनिक गीत ‘सोल्टिनी’ मा पूर्ण लिम्बु र मेलिना राईको स्वर रहेको छ । गीतमा शब्द र संगीत प्रेम कृष्ण बजगाईंको रहेको छ । गीतकै भाव अनुरुप भिडियोलाई नृत्य शैलीमा तयार पारेको निर्देशक चाम्सले बताए ।

कमेन्ट गर्नुहोस्