देश । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा युरोपेली मुलुकहरु पुनः दोस्रो चरणको लकडाउनमा छन् । नेपालमा पनि पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । यद्दपी जीवनलाई सहज बनाउदै जाने सुरुवात पनि भइरहेको छ । यस्तै अवस्थामा पनि सर्लाहीमा नेपाली कांग्रेस नेता विनोद खनाल जनताको घरदैलोमा पुगिरहेका छन् । कोरोना भाइरसको महामारीको समयमा पनि सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर जनताको काममै रहेका नेता खनाल नेपाली कांग्रेस महासमिति सदस्यसँगै सर्लाहीका पुर्व जिल्ला उपसभापति हुन् ।
कोरोना भाइरसको कारण गत वर्षको चैत्रमा भएको लकडाउनमा समेत जनताको काममा सक्रिय देखिएका खनाल यो महामारीको पिडालाई कम गर्न सहयोगी हात अगाडी बढाएका छन् । उनले नेपाली कांग्रेस सर्लाहीका सहकर्मीसँग मिलेर सहयोगी कार्यलाई अगाडी बढाएका हुन् । मंगलवार मात्र उनि सहित नेपाली कांग्रेस प्रजातान्त्रिक समाज सर्लाहीका अध्यक्ष एवं कांग्रेस वितिय विभागका केन्द्रीय सदस्य रामहरि न्यौपाने , प्राजातान्त्रिक समाज सर्लाहीका कोषाध्यक्ष अन्तोष साह , नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य रघु कार्की लगायतको सहभागितामा हरिवन स्थित प्याराडाइज क्रिकेट क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरसबाट सिर्जित अवस्थाका कारण युवाहरु डिप्रेसनको शिकार भइरहेको अवस्थालाई महसुस गर्दै खेलप्रेमी युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्य खेलकुद सामग्री वितरण गर्ने अभियानलाई अगाडी ल्याइएको नेता खनालले बताए । ‘हाम्रो समाज युवाको सहभागिता र साथ् विना अधुरोसँगै अपुरो हुन्छ,उनले भने ,’समाजमा स्वास्थ्य एवं अनुशासित युवा खेलकुदले दिन सक्छ ।’ उनले क्रिकेटका खेलाडीलाई खेललाई निरन्तरता दिन समेत आग्रह गरे ।
यस्तै नेवि संघका निवर्तमान केन्द्रीय सदस्य रघु कार्कीले पनि युवालाई खेलकुदमा सक्रियता बढाउन आग्रह गरे । उनले खेलकुदले विकाशील समाज निर्माणका साथै सद्भाव बढाउनेमा जोड दिए । यस्तै ,सोहि समुहले हरिवन वडा नम्बर ५ कोइरीटोलमा रहेको शिव मन्दिर रंगरोगनका निमित रङ्ग सहयोग गरेको छ । आपसी स्रोत मार्फत नै जोहो गरिएको पेन्ट्स हस्तान्तरण गर्ने क्रममा नेता खनालले मानवीय सहयोगका निमित आफु सदैव तयार रहेको बताए ।
‘हामीले यो सहयोग पार्टी वा कार्यकर्ता भनेर गरेका हैनौ’ नेता खनालले भने ,’सामाजिक विकासको कार्यमा सदैव हाम्रो साथ् सहयोग रहनेछ ।’ उनको प्रतिबद्धता र सहयोगी भावले स्थानीय हर्षित भएका थिए । स्थानीयले सहयोग पाएकोमा खुसि व्यक्त गर्दै धन्यवाद समेत दिए । शिव मन्दिर निर्माण भएता पनि रंगरोगन हुन् सकेको थिएन ।









